logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

जन्मँदा र जल्दा नाङ्गो हुनुपर्ने मानिसको नियति

जन्मिनु प्राकृतिक नियम हो।

प्राकृतिक नियमलाई हामीले रोक्यौँ भने सृष्टिले हामीलाई सराप्छ। सृष्टिले सराप्नु भनेको हाम्रो विनाश हुनु हो।

जन्म हुनु, यो पनि समयको खेल हो। जन्मिएपछि बाँच्नको लागि संघर्ष जरुरी हुन्छ। संघर्षबिनाको जिन्दगी कर्कलाको पानीझैँ हो। कहिले हावाले कर्कलाको पानी भुईँमा खस्छ, थाहा हुन्न। संघर्ष भनेको आफूलाई बँचाईराख्न समाज र  संसारसँग गरेको एउटा युद्ध हो। जुन युद्ध जन्मिएपछि सबैले गर्नुपर्छ।  

जसले जीवनको युद्धमा भाग लिन पछाडी सर्छ, त्यो मानिस कहिल्यै अघि बढ्न सक्दैन। समाज भनेको मानिसहरुको बसोबास हो। जहाँ कोही सकारात्मक र कोही नकारात्मक भावना भएका मानिस भेटिन्छन्। मानिसको विचार र ज्ञानले समाजमा उसको प्रभाव थाहा हुन्छ। कसैले देखावटी अभिव्यक्ति दिन्छ भने कसैले बौद्धिक तरिकाले अभिव्यक्ति दिन्छ। 

हामीमा एउटा मनोभाव पालेर राख्ने चलन छ। कसैले केही राम्रो कुरा भनिहाल्यो भने हामी त्यसलाई सजिलै स्वीकार गर्दैनौ। बरु त्यसका विरुद्ध नयाँ तर्क खोज्न थाल्छौ। राम्रो सोच बनाउने हो भने, आफूलाई ठिक र सही लागेका विषयमा आफ्नो अडान छाड्नु हुँदैन। अरु कसैले बलजफ्ति गरेपनि त्यसको गलतको विरोध गर्न सक्नुपर्छ।

समाजमा अहिले पनि अशिक्षीतहरुले राज गरिरहेका छन्। कुवा भित्रबाट एक जना विवेकशील व्यक्तिले बाहिरिन खुड्किलो तयार पारेपनि कुवामा रहेका अन्य विवेकहीन व्यक्तिले खुड्किलो भत्काएको हाम्रो समाजमा प्रशस्तै उदाहरण छन्।

अशिक्षीत र पुरानो मान्यतामा बाँचिरहेका मानिसले परम्परागत संस्कारबाट टाढा रहन मान्दैन। उसलाई कहिल्यै नयाँ कुराको खोज हुँदैन। जुन, हाम्रो समाजको ठुलो बिडम्बना हो। मैै जान्ने, मै मान्ने भन्ने मान्यताले हामो समाजलाई यसरी नै बिगारिरहेको छ। 

जन्मदा हामी नाङ्गै हुन्छौ। र मर्दापनि नाङ्गै हुन्छौ। हामी प्राकृतिक रुपमै नाङ्गो जन्मिएका छौ भने हाम्राे नग्नताको सुन्दरता हामी आफैले ढाकिरहेका छौ। अझै भन्ने हो भने त झन्, आदिम युगमा पातहरुले आफ्नो गुप्ताङ्ग छोप्थे, मानिसहरु। जन्मदा र  जल्दा नाङ्गो  हुनुपर्ने मानिसको नियती पनि बडो अचम्मको छ।

समय अनुसार विस्तारै सबै परिवर्तन हुँदै आयो। अहिले त इज्जत जोगाउँन मात्र लुगा लगाईन्छ। नैतिकतालाई बचाइराख्न लगाउनु पनि पर्यो। किनकि अहिलेको युग पहिले भन्दा धेरै अघि बढिसकेको छ। धेरै विकास भइसकेको छ। फेरी यसो भन्दैमा आफ्नो संस्कृतिलाई बिर्सनु हुँदैन।

मृत्युपछि सबैले आफ्नो नातागोता छाडेर मशानघाट जानुपर्छ। मशान घाट पुगेपछि फेरी शरीरको सबै लुगा खोलिन्छ। मालामीहरु पनि कसैको मृत्यु कुरेर बसेको जस्तो। यहाँ यस्तो लाग्छकि, जन्म र मृत्युको समयमा मात्रै मानिस मानिस हुन्छ। निष्पक्ष हुन्छ। बाँजुन्जेल त उ जातमा अल्झिन्छ। धर्ममा अल्झिन्छ। थुप्रै कुराहरुमा अल्झिन्छ। बाँचुन्जेल मानिस केवल आडम्बर भिर्छ।

68
21269 views
10 shares

Comment