logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

बगरपुरका कुल बहादुर दुइ महिना देखि गोवा मा बेपत्ता । श्रीमती र छोरा बुहारी चिन्तामा।




आज भन्दा दुइ महिना अघि धन कमाउन भनि नेपाल दांग जिल्ला बबई गाउपालिका 5 निवासी अन्दाजी बर्ष 45 का कुल बहादुर बुढाथोकी गोवा देखि दुइ महिना भयो , सम्पर्क बिहिन छन् ,
गोवा आए पछि कुल बहादुर ले 1 महिना जति 1 कम्पनीमा सेक्रुटी काम गर्दै आएका थिए त्यहा बाट पनि अर्को ठाउमा जान्छु भनि त्यहाको काम छोडेर कुल बहादुर अर्को ठाउमा गएको भन्ने बुझिएको छ तर अहिले सम्म पनि कुनै सम्पर्कमा नआउदा घर परिवार निकै चिन्तामा छन्

बेपता भनिएका कुल बहादुर का घर परिवार ले गोवा नेपाली टिभी लाइ जानकारी दिए अनुसार कुल बहादुर आज भन्दा 3 महिना अघि नेपाल बाट बेन्गलुर हुदै कामको सिलसिलामा गोवा पुगेका थिए , गोवा पुगेको एक महिना सम्म त घर परिवार को सम्पर्क मा रहेर काम गरि रहेका थिए तर पछि काम गरि रहेको ठाउँ बाट काम छोडेर अर्को ठाउमा जादै छु भनेको दिन देखि आज दुइ महिना पुग्दा सम्म पनि कुनै सम्पर्क नभए पछि। बाध्य भएर, आफ्नो मान्छे यसरी हराएको खबर मिडिया मार्फत प्रसारण गर्नु परेको हो।

तस्बिर मा देखिएका यी ब्यक्ति कुल बहादुर बुढाथोकी हुन् , उनको घर बबई गाउ पालिका पाच बगरपुर हो। यी व्यक्तिलाई कहिँ कतै देख्नु र भेट्नु भएमा तुरन्तै गोवा नेपाली टिभीको अफिस नम्बर 9368340586 मा फोन एस मेस गरि जानकारी गराई दिनु हुन् हामी सबैमा हार्दिक अपिल गर्दछौ


तपाइको एक सेयर तपाइको सानो सहयोगले गर्दा दुइ महिना देखि गोवा बाट हराएका कुल बहादुर बुढाथोकी भेटिन पनि सक्ने छन् त्यसैले यो भिडिओ लाइ सक्दो सेयर गरि सबैले सहयोग गरिदिनु होला। यति बेला कुल बहादुर सकुसल घर फर्किएर आउने आशामा घर परिवार बाटो कुरेर बसेका छन् ,दुइ महिना देखि सम्पर्क बिहिन हुदा कुल बहादुर कि श्रीमती ,र छोरा बुहारी निकै चिन्तामा छन् बिस्व भरि बाट गोवा नेपाली टिभी मार्फत यो भीडीओ हेर्नु हुने सबैले बेपत्ता कुल बहादुर बुढाथोकी को खोजि कार्यमा सक्दो सहयोग गरौ , यो भिडिओ लाइ सबैले सक्दो सेयर गरि सहयोग गरिदिनु होला

गोवा राज्य भित्र पनि कसैले कहिँ कति देख्नु र भेट्नु भएमा हामीलाई सम्पर्क नम्बर वा कमेन्ट बक्समा जानकारी गराउन नभुल्नु होला हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद

155
3862 views

Comment