logo

पश्चिम दांगका तिन बालक १३ दिन देखि बेपत्ता । सन्तान को खोजि गरि दिन परिवार ले गरे सबैमा अनुरोध।




पश्चिम दाङबाट ३ बालक बिगत १२ दिन देखि वेपत्ता भएका छन् । दांग जिल्लाको बबई गाउँपालिका–४ हापुरे निवासी १२ बर्षीय सायल बिक, १३ बर्षीय सन्दिप बिक र १५ बर्षीय गौरब पुन मगर यसरी १२ दिन देखि वेपत्ता भएको समाजसेवी युवा ललित बिक ले गोवा नेपाली टिभी लाइ जानकारी दिएका छन् उनले जानकारी दिए अनुसार उनीहरु विगत १२ दिनदेखी सम्पर्कबिहिन छन् । यही बैशाख १४ गते दिउँसो १२ बजेको समयमा हापुरे खेल मैदानमा फुटबल हेर्न जाने भनेर घरबाट निस्केका उनीहरु अहिलेसम्म पनी घर परिवार को कुनै सम्पर्कमा आएका छैनन् ।

१२ १३ र १५ बर्सिय ति कलिला बालकहरु कहाँ गए होलान ,कता गए होलान यतिबेला सिंगो बबई गाउ पालिका चिन्तामा छ , ति बालक हरुका आफन्त घर परिवार र आमा बुवा हरु निकै पिर चिन्तामा छन् , २ हप्ता सम्म पनि आफ्ना सन्तानहरु कुनै सम्पर्क मा नआउदा रात दिन पिर चिन्तामा छट पटाई रहेका छन् , ति तिन बालक हरु का आमा बुवा र आफन्त ,

यो घटना नौलो भने होइन तर यसरी एकै चोटि ३ अबोध बालक हरु यसरी रहस्यमय तरिकाले सम्पर्क बिहिन हुनु हराउनु अथवा बेपत्ता हुनु निकै चिन्ता को बिसय उत्पन्न भएको छ , बालक हराउदा , गाउ समाज का सबै मानिसहरु खोज तलास मा लागेर खोजि गर्दा / पुलिस प्रसासन मा जानकारी गराई पुलिस मार्फत खोजि कार्य गर्दा पनि , नभेटिए पछि यसरि आफ्ना सन्तान हरु हराएको खबर मिडिया मा राख्नु परेको पिडित अभिभाबक हरुले बताएका छन् /

तिनैजना बालक प्रावि हस्तनापुरमा अध्यनरत थिए । पढाई लेखाई मा समेत राम्रो ज्ञान भएका तस्बिरमा देखिएका यी तिन बालक हरुलाई तपाई कसैले कहिँ कतै देख्नु र भेट्नु भएमा तुरुन्तै नजिक को पुलिस चौकि र परिवारको मोबाइल नम्बर ९८०९५७३०४५/९८४४९६८२७३ मा सम्पर्क गरी जानकारी गराइ दिनु हुन् गोवा नेपाली टिभी स परिवार सबैमा हार्दिक अनुरोध गर्दछौ


बिस्व भरि बाट गोवा नेपाली टिभी मार्फत यो भिडिओ हेर्नु हुने तपाई सबैले यो भिडिओ लाइ सक्दो सेयर गरि सहयोग गरिदिनु होला ,
तपाइले भिडिओ सेयर गरेको सानो सहयोग ले गर्दा यी बेपत्ता भएका तिन बालक हरु भेटिन पनि सक्ने छन्
आफ्ना सन्तान लाइ कहिले पनि एक्लै नछोडौ आफ्ना सन्तान को दैनिकी हेर बिचारमा । अलि ख्याल गर्ने हो भने भोलिका दिन हरुमा यस्ता घटना हरु मा पनि कमि आउन सक्छ कि भन्ने हाम्रो चाहाना हो ,
यो भिडिओ लाइ सक्दो सयेर गरि खोजि कार्य मा सहयोग गरिदिनु होला हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद /

0
0 views