
सकियो गायिका एलिना चौहान को बिबाह सम्बन्ध। भाबुक स्टाटस लेखेर दिईन बिष्णु लाइ सुभकामना।
हिजो भर्खर जस्तो लाग्छ , पुर्ब झापा देखि काठमाडौँ सम्म गायिका एलिना चौहान को बिहेको त्यो तामझाम त्यो रौनक त्यो लोभ लाग्दो बिबाह समारोह , युटुब फेसबुक लगायत अन्य सामाजिक संजाल हरुमा हेर्ने हो भने ति बिहेका भिडिओ हरु अझै ताजै छन् तर बिबाह गर्ने जोडी हरु भने ताजा रहेनन् , सिन्दुर , बाचा कसम ताजा रहे पनि दुइ बिचको सम्बन्ध ताजा रहेन , सबथोक मिले पनि दुइ श्रीमान श्रीमती बिचको भावना एक अर्का प्रतिको विश्वास नहुदा कति छोटो समय मै कति छिटो गायिका एलिना चौहान को बिबाह सम्बन्धले अवकास पायो एलिना र बिष्णु अब कहिले साथमा नहुने गरि अलग भए , एलिनाले फेसबुक मा सबैलाई रुवाउने भाबुक स्टाटस लेखेर आफ्ना आम दर्सक हरु र आफ्ना आफन्त लाइ आफुले आफ्नो पति बिष्णु संग समन्ध बिछेद गरेको कुरा जानकारी गराएकी छिन्।
सामाजिक संजाल फेसबुक मा गायिका एलिना चौहान ले यस्तो लेखेकी छिन्।
प्रिय बिष्णु,।। अग्नि लाइ साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो,विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)
यसरी आफ्नो पिडा सामाजिक संजाल मा पोस्ट गरेर गायिका एलिना चौहान ले आफुले बिष्णु सापकोटा संगको बैबाहिक सम्बन्ध लाइ अन्त्य गरेको खबर संसार भरि का आफ्ना सुभ चिन्तक तथा दर्सक हरु लाइ जानकारी गराएकी छिन् ,
एलिना का आफन्त र दर्सक हरुको लागि यो खबर निकै दुखद छ किन भने एलिना का सुभ चिन्तक र आफन्त तथा दर्सक हरु ले कहिलै सोचेका थिएनन ,यसरी एलीनाको छोटो समय मै सम्बन्ध बिछेद होला भनेर , तर सत्य सुइकार्नु नै महान्ता हो अबको जिन्दगि अझ परिपक्क फलदायी बन्दै जाओस , गायिका एलिना चौहान लाइ गोवा नेपाली टिभीको तर्फ वाट यही कामना छ
नेपाल का चलेका र सबै बुझेका कलाकार हरु को अबका दिनहरुमा गायिका एलिना चौहान को जस्तै दुखद सम्बन्ध बिछेद कसैको नहोस
किन भने नेपाल मा चिरपरिचित कलाकार हरुको संम्बन्ध त यस्तो हुन्छ भने सामान्य नेपाली नागरिकको सम्बन्ध झन् कस्तो होला।
गहिरिएर सोच्नु पर्ने प्रस्न खडा भएको छ ,त्यसकारण अब कसैको सम्बन्ध मा यस्तो घटना नघटोस भनि हामी कामना गर्दछौ ,
तपाइलाई गायिका एलिना चौहान को यो घटना सम्बन्धि केहि विचार राख्न मन छ भने सभ्य भाषा मा आफ्नो विचार कमेन्ट गर्न सक्नु हुनेछ।
हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यवाद।