logo

शिव रात्रीमा चर्चित लोक गायिका टिका सानु सहित शक्ति चन्द नाशिकमा।




नेपाली लोक दोहोरि क्षेत्र कि चर्चित लोक दोहोरि गायिका टिका सानु सहित सल्यानी बहु चर्चित लोकदोहोरी गायक शक्ति चन्द भारत को नासीक मा यसपालिको सिभ रात्री बिसेष सास्कृतिक कार्यक्रम मा आउने भएका छन् , भारत को नासिक मा रोजगारी को सिलसिलामा नेपाल भरि बाट लाखौ को संख्या मा नेपाली को बसोबास छ , धेरै नेपाली को बसोबास रहेकै कारण नाशिक मा धेरै जसो नेपाली सास्कृतिक कार्यक्रम हरु हुने गर्छन र हुदै आएका छन्।

यसपाली शिभ रात्री को दिन पनि नेपाल का ख्याती प्राप्त कलाकार हरुको साथमा स्थानीय कलाकार हरु को भब्य प्रस्तुति रहने भएको छ,
नेपाल बाट दांग को माटो मा जन्मिएकी दंगाली चेली अझ भनौ भने सिंगो नेपाली कि प्यारी छोरि सर्वप्रिय सबै को मनमुटुमा बस्न सफल बहु प्रतिभासाली कलाकार चर्चित लोक दोहोरि गायिका टिका सानु को आगमन हुने भएको छ। साथमा सल्यानको भुमि मा जन्मिएका सदाबहार चर्चित ठाडी भाका गित का लोकप्रिय लोकदोहोरी गायक शक्ति चन्द को पनि नाशिक मा आगमन हुने भएको छ ,

बनगाड एकता समाज भारत नाशिक द्वारा आयोजित शिव रात्री सास्कृतिक कार्यक्रम मा नेपाल बाट आमन्त्रित गायिका टिका सानु र गायक शक्ति चन्द सहित नाशिक मा रहेका दर्जन बढी स्थानीय सबै विधाका कलाकारहरुको भब्य प्रस्तुति रहने भएको छ ,
नाशिक मा रहने नेपाली सास्कृती प्रेमी हरु को लागि यो सुनौलो अवसर हो , पायक पर्ने सबै लाइ कार्यक्रम मा उपस्थित भैदिन आयोजक सस्था
बनगाड एकता समाज भारत नाशिक ले सबै मा उपस्थिति का लागि यही सूचना मार्फत हार्दिक निमंत्रना गरेको छ ,

सो कार्यक्रम यही फेब्रवरी २६ तारिक बुधबार का दिन बिहान १० बजे देखि राति १० बजे सम्म संचालन हुने छ भने , प्रवेश सुल्क रु , २५० रखिएको छ , स्थान , कर्मबिर दादा साहेब गायकवाड सास्कृतिक सभागृह मुम्बई, नाका कांग्रेश पार्टी कार्यालय वाहन बजार,, देखि भित्र जाने रोड ,मा रहेको छ

कार्यक्रम को थप जानकारीको लागि , ब्यबस्थापक , गोबिन्द बिस्वकर्मा लाइ 7774068802 मा सम्पर्क गरेर पनि समय मै टिकट बुकिङ्ग गर्न सकिने छ ,
कार्यक्रम हल भित्र धुम्रपान तथा मध्यपान गर्न पाइने छैन यदी त्यसो गरेको पाइएमा टिकट रद्द गरिनु का साथै सम्बन्धित ब्यक्ति लाइ कार्यक्रम हल बाटै निस्कासित गरिने आयोजक सस्थाले जनाएको छ ,
तसर्थ परदेश मा नेपाली ले अनिसासित पुर्बक नेपाली सस्कृति र नेपाली कलाकार लाइ सम्मान पुर्बक हेरी , यस शिव रात्री सास्कृतिक कार्यक्रम लाइ भब्य र सव्य रुप मा सफल पार्न सबैको साथ सहयोग हुने पर्ने आयोजक टिम का ब्यक्ति हरुले बताएका छन् ,

विभिन्न चाड पर्ब हरुमा भारतका सबै स्थान मा हुने सबै सास्किर्तिक कार्यक्रम हरु सफल रहुन सबै आयोजक सस्था लाइ गोवा नेपाली टिभी को तर्फ बाट हार्दिक बधाई तथा सुभकामना छ, हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यवाद ,

0
175 views