
नया दिल्ली मा नेपाली म्युजिक अवार्ड सम्पन्न। दर्जनौ कलाकार सम्मानित र पुरस्कृत।
सूजन म्यूजिक प्रा ली को दोश्रो इन्डो नेपाल सूजन म्युजिक अवार्ड कार्यक्रम गत जनवरी २६ र २७ तारिख को दिन भारत को राजधानी नया दिल्लीमा संपन्न भएको छ , नेपाल को राजधानी काठमाडौँ मा बसेर नेपाली गीतसंगीत क्षेत्रमा संघर्ष गरिरहेका उर्जन्सिल तथा संघर्श्सिल नेपाली दर्जनौ कलाकारहरुको महान पर्ब को रुपमा दोस्रो अन्तरास्ट्रिय इन्डो नेपाल म्युजिक अवार्ड २०२४ भाब्ब्य्ताको साथ समापन गरिएको थियो ;
नेपाल बाट आएका दर्जनौ कलाकार हरु को प्रस्तुति सहित कलाकार हरुको नोमिनेसन मा परेका गीतहरु लाइ विभिन्न विधा मार्फत भोटिंग को आधार मा मुल्यांकन गरि अवार्ड वितरण गरिएको थियो।
नेपाली एकता समाज भारत ,का अध्क्क्ष्य सुरज कुमार ले गोवा नेपाली टिभी लाइ जानकारी दिए अनुसार उक्त अवार्ड समारोह मा लोकगायक तथा सर्जक हुंम गैरे र लोकप्रिय लोक गायक मोडल तथा कुसल कार्यक्रम प्रस्तोता पिएन सापकोटाको कार्यक्रम संचालन र सुजन म्युजिक प्रालि कि संचालक जमुना राना को अधक्षयता संगै नेपालका बरिस्ट दर्जनौ कलाकार र भारत मा रहेका विभिन्न विधाका दर्जन बढी कलाकार हरुको उपस्थितिमा भब्य अवार्ड समारोह आयोजना गरिएको थियो।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताइन् ।
सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसवर्ष पनि अवार्ड कार्यक्रम भएको हो ।
अवार्ड कार्यक्रमका लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट प्राप्त गरेका व्यक्तित्वलाई विजयी घोषणा गरिएको थियो । सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।
यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।
अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायक÷गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक÷गायिका , सर्वोत्कृष्ट गायक÷गायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक÷गायिकालगायत रहेका थिए ।
माघ १३ गते भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित अवार्ड वितरण सम्पन्न भएको हो ।
नेपाली गीत संगीतको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले वि.स. २०७० सालमा स्थापना भएको सुजन म्यूजिक प्रा.लि. नेपाली गीत, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो ।
नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक कमिटीकी अध्यक्ष जमुना राना मगरले बताइन् ।
भारत मा रोजगारी गर्ने नेपाली गित सगीत कर्मी हरुलाई पनि अवार्ड प्रदान गरिएको थियो नेपाल एम्बसी का कल्चर काउन्सिलर श्री गोकुल बसनेत मुख्य अतिथि को रुपमा उपस्थित थिए भने अन्य संघ सस्था हरु, गोर्खा वेलफेयर एसोसिएशन , नेपाली एकता समाज भारत ,मित्र मंच भारत , मगर समाज , गुरुंग समाज , पेरणा समिति , लगायत संघ सस्था को पनि उपस्थिति रहेको थियो
आवार्ड पाउने कलाकार हरु शर्मिला गुरुंग, इंद्रा जीसी, कुमार पुन, युबराज भटराई,तकमान बिकल्प, गुल्मेली जमुन , सरु के सी ,प्रकाश शर्मा, चक्र बूढ़ा मगर ,चोपेन्द्र बीसी , कुशुम राना ,दीपक महत ,सुमित्रा भुजेल ,सबीना श्रेष्ट प्रकाश बिसी, प्रेम बिबस घर्ति लगायत दर्जनौ कलाकार लाइ अवार्ड बितरण गरिएको थियो भने जुरी अवार्ड संगै अन्य अतिथि कलाकारहरुलाई पनि उच्च सम्मान गरिएको थियो।
नेपाली र नेपाल का लागि अझ भारतमा बस्ने नेपाली गित संगीत प्रेमीहरुको लागि यस्ता अवार्ड समारोह हरु भारत मा दिल्ली मा मात्रै नभएर अन्य राज्य र सहर हरुमा पनि हुदै जाओस गोवा नेपाली टिभी स परिवार को तर्फ बाट अवार्ड पाउने सम्पूर्ण कलाकार लाइ हार्दिक बधाई तथा सुभकामना।
हर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद ,