logo

थुनछेक बहसमा सरकारी वकिलको तर्क- रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ ‘सहकारी पीडितलाई न्याय दिन पनि थुनामै राखेर अनुसन्धान हुनुपर्छ’


Onlinekhabar
२९ पुष २०८१, सोमबार
NCELL



थुनछेक बहसमा सरकारी वकिलको तर्क- रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ
‘सहकारी पीडितलाई न्याय दिन पनि थुनामै राखेर अनुसन्धान हुनुपर्छ
२९ पुस, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।


‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ,’ इजलासमा सरकारी वकिलले तर्क गरेका छन् ।

0
13 views