मिर्गौला पिडित नाबालक को उपचारमा समस्या।
नेपाली कांग्रेस सभापति शेर बहादुर देउबा को जन्म जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–०१ जाख निवासी सुमन सोनी को उपचारमा आर्थीक समस्या भएको छ। मृगौला पिडित सोनिको उपचारमा चरम आर्थीक समस्या भएको बुवा पुष्कर सोनी ले बताएका छन् ,
डडेल्धुराको चिरञ्जीवी, डडेल्धुरा अस्पताल, धनगढीको माया मेट्रो, भारतको खटिमा स्थित स्पर्श हस्पिटल र हाल मुम्वई माहाराष्ट्रमा उपचार गराईरहेका सोनीको उपचारमा आर्थीक समस्या भएको पारिवारीक श्रोतले गोवा नेपाली टिभिलाई जानकारी गराएको छ। विगत एक वर्षदेखी मृगौला पिडित छोरा सुमन सोनीको उपचारमा धेरै रुपैया खर्च भईसकेको र अबको थप उपचारमा आर्थीक समस्या भएकाले छोराको सहि समय मा उचित उपचार नहुदा यतिबेला परिवार निकै चिन्तामा छ।
५/६ बर्ष कै उमेरमा छोरा सुमन सोनीलाई मिगौला मा समस्या देखिए पछि नेपाल मा आफ्नो गाउ सहर सबै अस्पताल हरु मा उपचार गराउदा पनि ठिक नभए पछि अहिले नबि मुम्बईको एक मिर्गौला बिसेष अस्पतालमा उपचारको लागि राखिएको छ
मुम्बई जस्तो महँगो सहरमा बिकट जिल्ला डडेल्धुरा को यो गरिब दुखि परिवारलाई अहिले नाबालक छोरा सुमन सोनीको उपचार संगै पराइ ठाउमा खान बस्न समेत मुस्किल परेको छ।
बिरामी नाबालक सुमन सोनीको अबस्था अहिले निकै नाजुक र जटिल छ , पुरै सरिर सुन्निने खान मन नलाग्ने , पिसाप फेर्न गार्हो हुने बोल्न र हिड्न डुल्न निकै गार्हो हुने सुमन का बुवा पुस्कर सोनीले बताएका छन्।
डाक्टर को जानकारी अनुसार सुमन लाइ बिस्तारै ठिक हुने बताए पनि उपचार मा भने निरन्तर ध्यान दिनु पर्ने र परि आएमा ठुलो अप्रेशन पनि गर्नु पर्ने अबस्था आउन सक्ने भनि सल्लाह दिएका छन्
बिरामी छोरा सुमन का बुवा पुस्कर का अनुसार , अहिले सम्म उपचार गर्दा आफु संग भएको सबै रकम सकिएको र अहिले छोराको उपचार त के आफुले खान खाने पैसा पनि नभएको दुखद खबर गोवा नेपाली टिभिलाई सुनाएका छन्
तसर्थ , देश विदेश मा रहनु हुने सबै सहयोगी मन तपाइले सुमन सुनिलाई सक्दो सहयोग गर्न सक्नु हुने छ
सहयोग का लागि सम्पर्क बिरामी सुमन का बुवा पुस्कर को सम्पर्क मोबाइल नम्बर भारत का लागि ९०४४४२९९७८ र नेपाल का लागि सुरेन्द्र सुनी ९८६५८३५६९३ मा सम्पर्क गरि सहयोग गर्न र बिरामी बाबु सुमनको स्वास्थ्य अवस्था बुझ्न सक्नु हुने छ ,
सुमन को लागि केहि दिन अघि देखि सहयोग अभियान सुरु गरिएको छ , सोहि अभियानलाई आधार मानि केहि सहयोगी मनहरुको सहयोग आउने क्रम जारि छ ,
डडेल्धुरा कंचनपुर पन्च्देउ निवासी हाल भारत को कर्नाटक मा बस्दै आएका करण सिंह ले नेपाली १६०० सहयोग गरेका छन् त्यसैगरी बिरामी सुमन सुनिका आफन्त अंकल सोहि ठेगाना निवासी नेपाल आर्मी मा कार्यरत सुरेन्द्र सुनिले ५५ हजार नेपाली रुपैया छोराको उपचारको लागि सहयोग गरेका छन् , सोहि ठेगाना निवासी हाल धनगढी मा बस्दै आएकी बसन्ती टमटा ले पनि ५ हजार १ सय रुपया सहयोग गरेकी छिन्। साथै सोहि ठेगाना निवासी हाल महाराष्ट्र बस्दै आएका हरिश टमटा ले ८ हजार सहयोग गरेका छन् भने सोहि ठेगाना निवासी हाल कर्नाटक मा बस्ने लाल सिंह ले १६ सय मुम्बई मा बस्ने प्रेम सुनी र गीता सुनिले १६ हजार सहयोग गरेका छन्।
मान्छेको जिबन हेर्नुस त कति भय भक र कति कठिन छ ,
कठिन परिस्थितिमा कठिन समय बिताई रहेका सुमन सुनिको उपचार को लागि तपाइँ धेरैको साथ सहयोग को खाचो छ , यो भिडियो हेर्नु हुने तपाइले सक्दो सहयोग गरि सुमन को जिबन रक्षा गरि दिनु होला साथै यो भिडियो लाइ सक्दो धेरै भन्दा धेरै सेयर गरि सहयोगी मन सम्म पुर्याई दिनु होला ,
यो स्क्रिन मा देखाई एको स्क्यान मा पनि स्क्यान गरि सक्दो सहयोग गर्न सक्नु हुने छ , नेपालको लागि निरज टमटा नेपाल बैंक लिमिटेड र भारत को लागि बिरामी सुमनका बुवा पुस्कर सुनी केनारा बैंक ८७५४ मा स्क्यान गरेर पनि सक्दो सहयोग गर्न सक्नु हुनेछ , र थप जानकारीको लागि यो स्क्रिनमा राखिएको नम्बरहरु मा सम्पर्क पनि गर्न सक्नु हुनेछ ,
एउटा सानो बालक आफ्नो जिबन रक्षा को लागि भारत मुम्बईको एक हस्पिटलको बेडमा छटपटाइ रहेका छन्
परिवार चिन्तामा छन् , थप उपचारको लागि निकै मुस्किल परेको छ एस्तो बेला बिरामी सुमन लाइ तपाई जस्तै धेरै सहयोगी मनहरुको साथ् चाहिएको छ , तसर्थ बाबु सुमनको उपचार सहयोगको लागि सक्दो सहयोग गरिदिनु हुन् हामी गोवा नेपाली टिभी स परिवार तपाई हरु प्रति हार्दिक अपिल गर्दछौ , मिर्गौला पिडित नाबालक सुमन सुनिलाई सिघ्र स्वास्थ्य लाभको कामना छ ,