logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

ईस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालय सिङताम सिक्किममा हाइब्रिड लर्निङ कक्षाको उद्घाटन:

ईस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालयमा हाइब्रिड लर्निङ कक्षाको उद्घाटन:

माइक्रोसफ्ट, सी बी.एस.सी एवं टैगको संयुक्त पहलमा द्वारा सुरु गरिएको डिजिटल प्रणाली अन्तर्गत "हाइब्रिड लर्निङ कक्षाको" उद्घाटन कार्यक्रम ईस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भयो। उक्त उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा १८ पश्चिम पाण्डव निर्वाचन क्षेत्रका पञ्चायत अध्यक्ष कुसुम भट्टराई एवं सचिव पंकज राईको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिको रूपमा डाक्टर तीर्थराज धमला, डाक्टर रन्जिता शर्मा, प्रवीण मिश्र, सामाजिक कार्यकर्ता योगेश धमाला, विकास अग्रवाल, विजय प्रधान, फुर्देन लेप्चा (पूर्व पी.आई. अग्नि विभाग, सिक्किम सरकार)को उपस्थिति रहेको थियो। उक्त हाइब्रिड लर्निङ कक्षाको उद्घाटन कार्यक्रमका मुख्य अतिथि कुसुम भट्टराईको बाहुलीबाट गरियो भने, कार्यक्रममा उपस्थित मुख्य अतिथि अनि अनि विशिष्ट अतिथिको बाहुलीबाट दीप प्रज्वलन पनि गरियो। कार्यक्रममा उपस्थित मुख्य अतिथि अनि विशिष्ट अतिथिगणलाई विद्यालयको पक्षबाट माल्यार्पण गरियो। कार्यक्रमको स्वागत सम्भाषण विद्यालयका प्रधानाचार्य निशान्त सुब्बाले राख्नुभएको थियो। स्मरण रहोस् उक्त हाइब्रिड लर्निङको प्रशिक्षण ( माइक्रोसफ्ट सी बी.एस.सी टैगको) तत्वधानमा विद्यालयका शिक्षक शिक्षिका गणले गत वर्ष नै ४५ दिनसम्म प्रशिक्षण गरेर पूरा गरेका थिए भने आज माइक्रोसफ्ट सी बी.एस.सी एवं टैगको संयुक्त पहल द्वारा भारत देशको ४८ वटा विद्यालयहरूमा हाइब्रिड लर्निङ कक्षाको उद्घाटन गरेको थियो साथै भारतवर्षको प्रत्येक जिल्लाबाट एउटा स्कुल चयन गरिएको थियो भने सिक्किम राज्यको पूर्व जिल्लाबाट ईस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालय मात्र माइक्रोसफ्ट,(सी बी.एस.सी.एवं टैग) द्वारा शुरू गरिएको हाइब्रिड लर्निङको प्रशिक्षण पूरा गरेर चयन भएको थियो र आज यसैको फलस्वरूप माइक्रोसफ्ट सी.बी. एस.सी. एवं टैगको संयुक्त पहलमा सुरु गरिएको हाइब्रिड लर्निङ कक्षाको विधिवत उद्घाटन विद्यालयमा सम्पन्न भयो।उक्त कार्यक्रममा विद्यालयको पक्षबाट "प्रोग्राम कोअर्डिनेटर" शिक्षिका सविता कुमारी अनि "डिपुटी कोर्डिनेटर" शिक्षक योगेन लामाको पनि उपस्थिति रहेको थियो भने प्रधानाचार्य निशान्त सुब्बाले भारत सरकारको "डिजिटल इण्डिया" एवं विद्यार्थीगणको निम्ति गुणस्तरीय "हाइब्रिड लर्निङको" सुरुवात आफ्नो विद्यालयमा भएकोमा खुसी व्यक्त गर्नुभयो साथै अब सम्पूर्ण कक्षाहरू भविष्यमा हाइब्रिड लर्निङको माध्यमबाट नै सञ्चालन हुने विचार पनि उहाँले व्यक्त गर्नुभयो। अन्तमा विद्यालयका प्राचार्य निशान्त सुब्बाले आजको कार्यक्रममा उपस्थित मुख्य अतिथि अनि विशिष्ट अतिथि गणलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिएकोमा आभार व्यक्त गर्दै विद्यालयको पक्षबाट स्मृति चिन्ह पनि प्रदान गर्नुभएको जानकारी ईस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालयका शिक्षक निशान दुलालले जानकारी दिनुभएको हो।

120
4334 views

Comment